Logo

सोमवार, श्रावण ११ गते २०८३

images
२०८३, श्रावण ११ गते
images

इच्छाकामना गाउँपालिकाका थप ११ जनामा कोरोना संक्रमण पुष्टि

इच्छाकामना गाउँपालिकाका थप ११ जनामा कोरोना संक्रमण पुष्टि

इच्छाकामना गाउँपालिकाका थप ११ जनामा कोरोना संक्रमण पुष्टि

कुरिनटार, ४ जेठ । चितवनको इच्छाकामना गाउँपालिकामा ११ जना कोरोना संक्रमित थपिएका छन्। जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका अनुसार इच्छाकामना गाउँपालिकाका थप ११ जनामा संक्रमण देखिएका हुन्। 

images

चितवनमा पछिल्लो २४ घण्टामा इच्छाकामना गाउँपालिकाका ११ जना सहित २४९ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका संक्रमित मध्ये भरतपुर महानगरमा १९२ जना, खैरहनीमा ७ जना, माडीमा १२ जना, कालिकामा १३ जना ,रत्ननगरमा १२ जना, राप्ती नगरपालिकामा २ जना लगायत रहेका छन् । 

चितवनमा आजसम्म कोरोना संक्रमितको जम्मा संख्या ११ हजार ८३९ पुगेको छ । स्वास्थ्य कार्यालयका अनुसार चितवनमा आजसम्म १७६ जनाले ज्यान गुमाएका छन् । अस्पतालको आइसोलेसनमा २१९ जना र घरमा आइसोलेसनमा चार हजार ६ जना रहेका छन् ।

images
प्रकाशित मिति :जेठ ४, २०७८ मंगलवार - १८:४८:२२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology