Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

भारतमा अबदेखि कोरोना सङ्क्रमितको उपचारमा प्लाज्मा थेरापी प्रयोग नहुने 

भारतमा अबदेखि कोरोना सङ्क्रमितको उपचारमा प्लाज्मा थेरापी प्रयोग नहुने 

images

एजेन्सी

४, जेठ २०७८
भारतमा अबदेखि कोरोना सङ्क्रमितको उपचारमा प्लाज्मा थेरापी प्रयोग नहुने 
images

भारतमा अबदेखि कोरोना सङ्क्रमितको उपचारमा प्लाज्मा थेरापी प्रयोग हुने भएको छ । इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर) ले कोरोना सङ्क्रमितको उपचारका लागि प्लाज्मा थेरापी बन्द गर्ने बताएको हो ।

काउन्सिलले उपचारका लागिक्लिनिकल गाइडलाइन्समा परिवर्तन गर्दै प्लाज्मा थेरापी बन्द गर्ने निर्णय गरेको हो । आईसीएमआरका अनुसार प्लाज्मा थेरापीबाट कोरोना सङ्क्रमित बिरामीको स्वास्थ्यमा सुधार हुने कुनै प्रमाण फेला नपरेको हुँदा यस्तो निर्णय गरिएको हो ।

हालै मात्र मेडिकल जर्नल द लेसेन्टमा ५ हजार कोरोना सङ्क्रमित बिरामीमा गरिएको परीक्षणमा आधारित अनुसन्धान प्रकाशित भएको थियो । जसमा प्लाज्मा थेरापी कोरोना सङ्क्रमित बिरामीको उपचारमा खासै फाइदाजनक नरहेको उल्लेख गरिएको थियो ।

images
प्रकाशित मिति :जेठ ४, २०७८ मंगलवार - १८:३४:३० बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology