घैरुङ, ४ जेठ । गोरखाको शहिद लखन गाउँपालिकाले कोरोना संक्रमणबाट मृत्यु भएकाको परिवारलाई जनही नगद २५ हजार राहत दिने भएको छ। गाउँपालिकाको सोमबार बसेको कार्यपालिका बैठकले गाउँपालिकाका कुनै पनि नागरिकको कोरोना संक्रमणको कारण मृत्यु भएमा मृतकको परिवारलाई जनही नगद २५ हजार राहत दिने निर्णय गरेको हो।
साथै सोहि बैठकले नियमित रुपमा औषधि सेवन गर्नुपर्ने नागरिकहरुलाई चिकित्सको प्रेस्किप्सन अनुसारको औषधी घरमै उपलब्ध गराउन सहजिकरण गर्ने, भौतिक उपस्थिति जनाई दिईने बैंक वित्तिय सहकारी संस्थाहरुको सेवा जेठ ८ गतेसम्मलाई बन्द गर्ने लगायतका निर्णयहरु गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन बहादुर आले मगरले बताउनुभयो।