Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

इजरायल–प्यालेस्टाइनबीचको हिंसा रोक्न अन्तर्राष्ट्रिय समुदायको अनुरोध 

इजरायल–प्यालेस्टाइनबीचको हिंसा रोक्न अन्तर्राष्ट्रिय समुदायको अनुरोध 

images

एजेन्सी

४, जेठ २०७८
इजरायल–प्यालेस्टाइनबीचको हिंसा रोक्न अन्तर्राष्ट्रिय समुदायको अनुरोध 
images

इजरायल–प्यालेस्टाइनबीचको जारी हिंसा रोक्न र सर्वसाधारणको जीवन रक्षाका लागि अन्तर्राष्ट्रिय समुदायले अनुरोध गर्नेक्रम बढेको छ । सुक्त राष्ट्रसंघ, अमेरिका र बेलायतले सर्वसाधारणको रक्षाका लागि अनुरोध गरेका हुन् ।

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनका प्रवक्ताले इजरायलले सर्वसाधारणलाई निशाना बनाउन छोड्नुपर्ने बताएका छन् । अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिङ्कनले दुवै पक्षलाई सर्वसाधारण र बालबालिकाको रक्षाका लागि अनुरोध गर्नुभएको छ ।

संयुक्त राष्ट्रसंघले मानवीय क्षतिसँगै गाजाका पूर्वाधारमा पुगेको क्षतिप्रति गम्भीर चासो व्यक्त गरेको छ ।इजरायल–प्यालेस्टाइनबीचको हिंसा दोस्रो हप्तामा प्रवेश गरेको छ । गएको हप्ताको सोमबारदेखि त्यहाँ हिंसा जारी छ ।

अहिलेसम्म गाजामा ६१ बालबालिकासहित २ सय १२ जनाको मृत्यु भएको छ भने इजरायलमा दुई बालबालिकासहित १० जना मारिएका छन् ।इजरायलले गाजामा मारिएका अधिकांश बिद्रोही लडाकु रहेको र सर्वसाधारण बिना नियत मारिएको बताएको छ । तर गाजामा नियन्त्रण कायम गरेको हमासले भने मारिने सबै सर्वसाधारण रहेको दावी गर्दै आएको छ । 

images
प्रकाशित मिति :जेठ ४, २०७८ मंगलवार - १०:०१:१७ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology