Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

‘टाउ टेई’ चक्रवातको असर नेपालमा आगामी पाँच दिन देखापर्ने 

‘टाउ टेई’ चक्रवातको असर नेपालमा आगामी पाँच दिन देखापर्ने 

‘टाउ टेई’ चक्रवातको असर नेपालमा आगामी पाँच दिन देखापर्ने 
images

चितवन, ४ जेठ । अरब सागरमा विकसित ‘टाउ टेई’ नामको शक्तिशाली चक्रवातको असर नेपालमा आगामी पाँच दिन देखापर्ने भएको छ । पश्चिमी न्यूनचापीय प्रणाली विकसित भई प्री–मनसुन थप सक्रिय भएकाले पनि नेपालमा दोहोरो मौसमी असर सुरु भएको छ ।

images
images

अहिले पनि अरब सागरमा आफ्नो उग्र रूप निर्माण गर्न सक्रिय रहेको ‘टाउ टेई’ चक्रवात जमिनमा नखसेसम्म यसले आसपासका क्षेत्रमा असर पु¥याउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । चक्रवातले प्रत्यक्ष असर नपारे पनि भारत हुँदै आउँदा अप्रत्यक्ष असर बढी देखिने मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो ।

आउँदो शुक्रबारसम्म यस चक्रवातको हल्का असर नेपालमा पर्ने उल्लेख गर्दै उहाँले शनिबारदेखि मौसममा सुधार हुँदै जाने बताउनुभयो । महाशाखाका अनुसार आजसम्म सामान्य रहने चक्रवातको असर भोलिदेखि भने शुक्रबारसम्म भने अलिक बढी हुनेछ ।

यो समयमा आकास पूर्ण रूपमा बादलले ढाक्ने र विभिन्न क्षेत्रमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । 

images
प्रकाशित मिति :जेठ ४, २०७८ मंगलवार - ०९:५७:५९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology