Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

इजरायलले गरेको हवाई आक्रमणमा ४० जनाभन्दा धेरैको मृत्यु 

इजरायलले गरेको हवाई आक्रमणमा ४० जनाभन्दा धेरैको मृत्यु 

images

एजेन्सी

३, जेठ २०७८
इजरायलले गरेको हवाई आक्रमणमा ४० जनाभन्दा धेरैको मृत्यु 
images

गाजामा रहेका प्यालेस्टाइनी अधिकारीहरुले इजरायली हवाई आक्रमणका कारण अहिलेसम्मकै धेरै व्यक्तिको मृत्यु भएको बताएका छन् । इजरायलले गरेको पछिल्लो हवाई आक्रमणका कारण ४० जनाभन्दा धेरैको मृत्यु भएको जागामा रहेको प्यालेस्टाइनी अधिकारीको भनाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

इजरायली सेनाका अनुसार प्यालेस्टाइनी विद्रोहीहरुले गएको हप्ताभरमा इजरायलमा तीन हजार भन्दा बढि रकेट प्रहार गरेका छन् । आज बिहानै इजरायलले गाजा शहरका विभिन्न क्षेत्रमा ८० वटा हवाई आक्रमण गरेको छ । 

त्यस अघि हमास बिद्रोहीले इजरायलको दक्षिणी क्षेत्रमा रकेट प्रहार गरेका थिए । संयुक्त राष्ट्रसंघका महासचिव एन्न्टोनिओ गुट्रेसले हिंसा जारी रहेमा मध्यपूर्व क्षेत्र नै गहिरो समस्यामा जाने चेतावनी दिएका छ । 

images
प्रकाशित मिति :जेठ ३, २०७८ सोमवार - ०९:०९:११ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology