बिशालटार, ३ जेठ । धादिङको बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष पित्त बहादुर डल्लाकोटी (हरि) ले रातीमा एम्बुलेन्स नपाएपछि एक कोरोना संक्रमित बिरामीलाई आफैले अस्पताल पु¥याएका छन्। उनले गएराति ९ बजे बिशालटारका संक्रमित बिरामी प्रदीप पौडेलको स्वाश्वप्रश्वासमा गम्भिर समस्या आएकोले रातीमा एम्बुलेन्स खोज्दा नपाएपछि आफैले प्रयोग गर्दै आएको गाडी आफैले ड्राइभिङ गरेर मलेखु स्थित टिचिङ अस्पताल पुर्याएका हुन्।
गाउँपालिका भित्र १० वटा एम्बुलेन्स भएपनि बिरामी ओसारपसारमा व्यस्त भएकोले समयमै एम्बुलेन्स पाउन नसकेकोले बिरामीलाई आफैले पुर्याईदिएको बेनिघाट रोराङ गाउँपालिका अध्यक्ष पित्त बहादुर डल्लाकोटी (हरि) ले बताए। ‘अन्य विकल्प नभएपछि जोखिम मोलेरै मैले बिरामी बोकेको हु’ –उनले भने।
अध्यक्ष डल्लाकोटीले संक्रमित बिरामीलाई गाडीमा हालेर गाडी चलाउदै गरेको फोटो स्थानीयले खिचेर सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरिदिएपछि यतिबेला उक्त फोटो भाईरल भैरहेको छ भने उनको उक्त कार्यको सबैले प्रशंसा गरेका छन्।