Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

पहिलो संस्करणको नेपाल सुपर लिगको उपाधि काठमाडौं रेजर्सलाई 

पहिलो संस्करणको नेपाल सुपर लिगको उपाधि काठमाडौं रेजर्सलाई 

images
पहिलो संस्करणको नेपाल सुपर लिगको उपाधि काठमाडौं रेजर्सलाई 
images

काठमाण्डौ, २ जेठ । काठमाडौं रेजर्स एफसीले पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलको उपाधि जितेको छ । हिजो भएको फाइनल खेलमा धनगढी एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै काठमाडौं च्याम्पियन बनेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा काठमाडौंलाई जित दिलाउन मेसौके ओलोमोउले निर्णायक गोल गर्नुभयो ।

मेसौकेले खेलको २१ औं मिनेटमा निर्णायक गोल गर्नुभयो। यससँगै मेसौकेले लिगमा आफ्नो आठौं गोल पूरा गर्नुभयो । उहाँ प्रतियोगिताको सर्वाधिक गोलकर्ता समेत बन्नुभयो ।निर्णायक गोलबाहेक दुबै टिमले गोलको थुप्रै अवसर पाएका थिए । तर, गोल गर्न सकेनन् ।खेलमा काठमाडौंका फ्लोरेन्ट कोरेया प्लेयर अफ दि म्याच चुनिनुभयो ।

उहाँले २५ हजार नगद पनि प्राप्त गर्नुभयो ।यस्तै इमर्जिङ प्लेयर अफ दि म्याच काठमाडौंका राजन गुरुङ चुनिनुभयो । उहाँले १० हजार नगद प्राप्त गर्नुभयो ।पहिलो संस्करणको उपाधिसँगै काठमाडौंले ३५ लाख नगद शिल्ड र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता बनेको धनगढीले १५ लाख नगदमा चित्त बुझाएको छ ।

images
प्रकाशित मिति :जेठ २, २०७८ आइतवार - ०९:०८:२० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology