Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

भारतमा थपिए ३ लाख १० हजारभन्दा बढी नयाँ सङ्क्रमित, ४ हजार ९० जनाको मृत्यु 

भारतमा थपिए ३ लाख १० हजारभन्दा बढी नयाँ सङ्क्रमित, ४ हजार ९० जनाको मृत्यु 

images

एजेन्सी

२, जेठ २०७८
भारतमा थपिए ३ लाख १० हजारभन्दा बढी नयाँ सङ्क्रमित, ४ हजार ९० जनाको मृत्यु 
images

भारतमा पछिल्लो समय दैनिक कोरोना सङ्क्रमणको दरमा कमी आउन थालेको छ । दैनिक ४ लाखका दरले कोरोना सङ्क्रमण दर थपिने गरेकोमा विगत केही दिनदेखि त्यो संख्या ५० हजारले घटेको छ । कोरोना सम्बन्धी विश्व तथ्याङ्कलाई अद्यावधिक गर्दै आएको वल्र्ड मिटरका अनुसार भारतमा पछिल्लो एक सातादेखि कोरोना सङ्क्रमित थपिने दर ३ लाख ५० हजारको हाराहारीमा रहेको बताएको छ ।

गत २४ घन्टामा पनि भारतमा ३ लाख १० हजार ८ सय २२ जनामा कोरोनासङ्क्रमण पुष्टि भएको छ । योसँगै भारतमा कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको संख्या २ करोड ४६ लाख ८३ हजार ६५ पुगेको छ । भारत दैनिक सङ्क्रमण दर थपिनेमा विश्वकै सबैभन्दा बढी प्रभावित मुलुक बनेको छ । जहाँ दिनकै ४ लाखसम्म कोरोना सङ्क्रमित थपिने गरेको थियो ।

अहिले पनि ३ लाखभन्दा बढीमा कोरोना सङ्क्रमण देखिने गरेको छ । भारतमा कोरोनासङ्क्रमणको दरमा कमी आएपनि मृत्यु दर भने अझै दैनिक ४ हजार रहेको छ । गत २४ घन्टामा ४ हजार ९० जनाको कोरोनासङ्क्रमणको कारण मृत्यु भएको छ । योसँगै भारतमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या २ लाख ७० हजार ३ सय १९ पुगेको छ ।

यस्तै भारतमा हालसम्म कोरोनाका कारण सङ्क्रमित भएकामध्ये २ करोड ७ लाख ८९ हजार ३८ जना स्वस्थ भएका छन् ।

images
प्रकाशित मिति :जेठ २, २०७८ आइतवार - ०९:०५:२५ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology