Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
२०८३, कार्तिक ११ गते
images

कोरोना रोकथाम तथा नियन्त्रणका उपायबारे काँग्रेसले अन्तरक्रिया गर्दै 

कोरोना रोकथाम तथा नियन्त्रणका उपायबारे काँग्रेसले अन्तरक्रिया गर्दै 

images
कोरोना रोकथाम तथा नियन्त्रणका उपायबारे काँग्रेसले अन्तरक्रिया गर्दै 
images

काठमाण्डौ, २ जेठ । कोरोना भाइरसको महामारी बढ्दै गएपछि यसको रोकथाम तथा नियन्त्रणका उपायबारे नेपाली काँग्रेसले आज पार्र्टीका तल्ला तहमा अन्तरक्रिया शुरू गर्दैछ ।सातै प्रदेशमा जुम प्रविधिमार्फत ‘कोभिड—१९ को अवस्था र काँग्रेसको भूमिका’ विषयमा प्रदेशस्तरीय अन्तरक्रिया हुन लागेको हो ।

पार्टीको कोभिड—१९ अनुगमन समितिको आयोजनामा सातै प्रदेशमा अन्तरक्रिया हुन लागेको नेपाली काँग्रेसले जनाएको छ ।सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललगायत अन्तरक्रियामा सहभागी भएर कार्यक्रमको शुभारम्भ हुनेछ ।

काँग्रेस पार्टी कार्यालयका सचिव प्रेम केसीका अनुसार अन्तरक्रियामा प्रदेशका केन्द्रीय सदस्य, जिल्ला सभापति, प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य, पार्टीको क्षेत्रीय कार्यसमितिका सभापति, स्थानीय तहका सभापति तथा कांग्रेसका तर्फबाट स्थानीय तहमा निर्वाचित प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्षलगायतको सहभागिता रहनेछ । सबै प्रदेशको संयोजन कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले गर्नुहुनेछ ।

उहाँ कोभिड—१९ अनुगमन समितिको संयोजक पनि हुनुहुन्छ । अन्तरक्रिया आज सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा हुनेछ भने सोमबार गण्डकी प्रदेश र वाग्मती प्रदेशमा गरिनेछ । यस्तै मंगलबार प्रदेश २ र  प्रदेश १ मा आयोजना गरिने केसीले जानकारी दिनुभयो । 

images
प्रकाशित मिति :जेठ २, २०७८ आइतवार - ०९:०४:२४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology