Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

शहिद लखन गाउँपालिकामा अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ पुग्यो, आजमात्रै २ जनाको मृत्यु 

शहिद लखन गाउँपालिकामा अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ पुग्यो, आजमात्रै २ जनाको मृत्यु 

शहिद लखन गाउँपालिकामा अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ पुग्यो, आजमात्रै २ जनाको मृत्यु 
images

घैरुङ, १ जेठ । पछिल्लो समय फैलिरहेको कोरोना भाईरसको दोस्रो भेरियन्टको संक्रमणबाट अहिलेसम्म गोरखाको शहिद लखन गाउँपालिकामा मृत्यु हुनेको संख्या ४ पुगेको छ। आज मात्रै गाउँपालिकाका २ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको थियो। यो सँगै आजसम्म कोरोना संक्रमणबाट गोरखाको शहिद लखन गाउँपालिकामा मृत्यु हुनेको संख्या ४ पुगेको हो। 

images
images

आज मृत्यु हुनेमा वडा नं. ७ पोखरीडाँडा बुंकोटका ४९ वर्षीय पुरुष र वडा नं. १ सानो दिप्लीङका ८४ वर्षिय पुरुषको मृत्यु भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख विरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो। उहाँका अनुसार उनीहरुको उपचारको क्रममा काठमाण्डौ र भरतपुरमा मृत्यु भएको हो। 

यस अघि वडा नं. ९ नामजुङका ८९ वर्षका पुरुष र वडा नं. ४ ताक्लुङका एक जनाको ज्यान गएको थियो। 

यस्तै गाउँपालिकामा कोरोना संक्रमितको संख्या १ सय १७ पुगेको छ। गाउँपालिकामा नै स्वाव संकलन गरी परीक्षण गरिएकोमा ८४ जना र अन्यत्रबाट परीक्षण गरिएका ३३ जनामा संक्रमण देखिएको स्वास्थ्य प्रमुखले श्रेष्ठले बताउनुभयो।

images
प्रकाशित मिति :जेठ १, २०७८ शनिवार - २०:४२:०२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology