Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

गोरखामा फुक्काफाल भै पुजापाठ, बिबाह, भोज भतेर हिड्ने बानीले गाउँँमा संक्रमण फैलिदै

गोरखामा फुक्काफाल भै पुजापाठ, बिबाह, भोज भतेर हिड्ने बानीले गाउँँमा संक्रमण फैलिदै

images
गोरखामा फुक्काफाल भै पुजापाठ, बिबाह, भोज भतेर हिड्ने बानीले गाउँँमा संक्रमण फैलिदै
images

गोरखा, १ जेठ । गोरखाको भीमसेनथापा गाउँपालिकाको सबै भूगोल ग्रामिण क्षेत्रमा पर्छ । अहिले यो गाउँपालिकामा मात्र झन्डै दुईसयजना कोरोना संक्रमित छन् । गोरखामा सबैभन्दा बढी संक्रमित यही गाउँपालिकामा छन् । त्यसमा पनि गाउँपालिकाको वडा ७ मा झन्डै एकसयजना बिरामी छन् ।

ग्रामिण क्षेत्रमा किन यत्ति धेरै संक्रमित बढेका छन त ? गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख भेषराज खनाल भन्छन, ‘सहरमा पो निषेधाज्ञा छ, जहाँ पायो र जो पायो त्यो हिडडुल गर्न पाउँदैन । तर, गाउँमा कसैले टेर्दैनन् । मन लागेको ठाउँमा आउजाउ चलिरहेको छ ।’ उनका अनुसार गाउँमा स्वास्थ्यमा मापदण्ड कतै पालना हुँदैन । सहरमा पैदलै हिडडुलमा पनि कडाई छ, तर गाउँ खुलमखुला छ । मास्क लगाउन पनि मान्दैनन् । भेटघाट, आउजाउ, जमघट, धार्मिक काम सबै चलेका छन् ।  

‘गाउँमा हिडडुल रोक्न पनि सकिन्न । सांस्कृति र धार्मिक कार्यक्रम पनि उत्तिकै भए । भेला र जमघट पहिलेजस्तै छन् । यहीबेला सहरबाट घर फर्केका पनि प्रयाप्त छन् । सबैतिरको भीडभाड गाउँमा हुँदा संक्रमण फैलिन सघाउ पुगेको छ,’ उनले भने, ‘गाउँपालिकाभरि संक्रमित भेटिन थालेपछि बल्ल सांस्कृति र धार्मिक कार्यक्रम केही कम भएका छन् । नत्र यहाँको भीडभाड कसैले रोकेर रोकिने अवस्था छैन ।’

ग्रामिण भेग भएकोले पनि कडाई गर्न कठिन भएको उनले बताए । उनका अनुसार गाउँमा एकसाता अघिसम्मका सबै गतिविधि यथावत थिए । गाउँमा मेलापर्व पनि चलिरहेका छन् । घरभित्रै बस भनेर पनि कोही रोकिने अवस्था नरहेको खनाल बताउँछन् । गाउँमा पीसीआर गर्न पनि गाह्रो र स्वास्थ्यका जनशक्ति पनि कम हुँदा अझै कतिपय संक्रमितको अवस्था थाहा पाउन नसकेको उनले बताए ।  

संक्रमण दर बढेको गोरखाको आरुघाट, शहीदलखन, गोरखा नगरपालिका, पालुङटार सबैजसो ठाउँमा पुजापाठ, बिबाह, भोज भतेरबाट कोरोना फैलिएको स्वास्थ्य शाखाका प्रमुखहरु बताउँछन् ।

चिकित्सकहरु पनि गाउँमा हेलमेल बढी हुँदा संक्रमण फैलिन सघाउ पुगेको बताउँछन् । वरिष्ठ फिजिसियन डा. बुद्धिबहादुर थापा भन्छन्, ‘एकजना संक्रमित गाउँ पस्दा सबैतिर फैलिएको छ । अहिले गाउँ प्रवेशमा कतै कडाई पनि छैन । अघिल्लोपटक अलि कडा गर्दा गाउँमा जो कोही जान सकेका थिएनन । अबको त्रास गाउँमा छ ।’  

उनका अनुसार गाउँमा परीक्षण पनि छैन । त्यसैले धेरैले परीक्षणबिना बसिरहेका छन् ।  ‘गाउँमा मेलापात, आउजाउ, भेटघाट पहिले झैं चलिरहेका छन । घरायसी काम रोक्न पनि सकिन्न,’ थापाले भने, ‘सहरमा कडा निषेधाज्ञाले काम गरेको छ । गाउँमा फुक्काफाल हुँदा जोखिम बढिरहेको छ ।’ गाउँमा प्रशासनको पहुँच पनि नपुग्ने भएकोले स्वास्थ्यका मापदण्ड पालनामा पनि कडाई हुन नसकेको उनले बताए । 

गाउँमा कोरोना फैलाउने माध्यम नै विवाह, ब्रतबन्ध, भोजभतेर प्रमुख कारण बन्यो ।

दरौदी डटकमबाट

images
प्रकाशित मिति :जेठ १, २०७८ शनिवार - १९:१२:४० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology