Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

भारतमा कोरोना सङ्क्रमणदर केही घट्यो 

भारतमा कोरोना सङ्क्रमणदर केही घट्यो 

images

एजेन्सी

१, जेठ २०७८
भारतमा कोरोना सङ्क्रमणदर केही घट्यो 
images

भारतमा कोरोना सङ्क्रमणदर केही घटेको छ । बिगत केही दिन लगातार ४ लाख भन्दा बढी नयाँ सङ्क्रमित थपिएको भारतमा पछिल्लो २४ घण्टामा ३ लाख २६ हजार नयाँ सङ्क्रमित थपिएका छन् ।

कोरोना भाइरस महामारीको दोस्रो लहरमा सङ्क्रमणको केन्द्र बनेको भारतमा सङ्क्रमण दर घट्दो क्रममा गएपछि अब नियन्त्रण उन्मुख हुँदै गएको अपेक्षा गरिएको छ । २४ घण्टामा भारतमा कोरोनाबाट तीन हजार ८ सय ९० जनाको मृत्यु भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा तीन लाख ५३ हजार भन्दा धेरै सङ्क्रमण मुक्त भएका छन् ।  भारतमा अहिले सक्रिय सङ्क्रमितको संख्या ३६ लाख ७३ हजार भन्दा बढि छ । भारतमा कुल सङ्क्रमितको संख्या दुई करोड ४३ लाख ७२ हजार ९ सय ७ पुगेको  छ ।  

कोभिड–१९ बाट हालसम्म दुई लाख ६६ हजार २ सय ७ जनाको मृत्यु भएको छ । यसैबीच, सङ्क्रमणट जुधिरहेको भारतको दिल्ली सरकारले १५ दिनमा ५ सय आईसीयू शैयाको अस्पताल सञ्चालन गरेको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले बताउनुभएको छ ।  

images
प्रकाशित मिति :जेठ १, २०७८ शनिवार - १८:४२:०७ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology