Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

नेपालमा चरम स्वास्थ्य सङ्कट देखिएको भन्दै आपतकालीन सहयोग गर्न अनुरोध 

नेपालमा चरम स्वास्थ्य सङ्कट देखिएको भन्दै आपतकालीन सहयोग गर्न अनुरोध 

images
नेपालमा चरम स्वास्थ्य सङ्कट देखिएको भन्दै आपतकालीन सहयोग गर्न अनुरोध 
images

काठमाण्डौ, १ जेठ । विश्व स्वास्थ्य सङ्गठन र नेपालस्थित संयुक्त राष्ट्र सङ्घीय कार्यालयले नेपालमा चरम स्वास्थ्य सङ्कट देखिएको भन्दै आपतकालीन सहयोग गर्न अनुरोध गरेका छन् । 

राष्ट्र सङ्घीय कार्यालयले अस्पतालले यतिबेला अक्सिजन, बेड, अत्यावश्यक आपूर्ति र प्रशिक्षित मानव संसाधनको अभावको सामना गरेको उल्लेख गर्दै परीक्षणको अनुपातमा कोभिढ पोजेटिभ देखिएको अनुपात द्रुत गतिमा बढेर ४५ प्रतिशत नाघेको जनाएको छ ।

कार्यालयले हालको अवस्थाको बारेमा एक विवरण सार्वजनिक गर्दै नेपालका लागि तत्कालै अक्सिजन, महत्वपूर्ण औषधि र परीक्षण किट, पीपीई र अस्थायी अस्पताल सहित खोप आवश्यक भएको उल्लेख गरिएको छ । 

राष्ट्र सङघले नेपाललाई तत्कालै ६० हजार सिलिन्डर अक्सिजन, दुई हजार कन्ड्रेसेन्टरहरू, १० वटा ट्याङ्क, ७ प्लान, एक हजार हाइफ्लो नसल क्यानुला, टेस्टिङ किट (आरटी–पीसीआर र एन्टिजेन आरडीटी), सघन उपचार शैय्या, अस्थायी अस्पतालहर पीपीई आवश्यक भएको बताएको छ । 

विश्व स्वास्थ्य सङ्गठनले पनि नियमित पत्रकार सम्मेलनमार्फ भारत, नेपाल लगायतका दक्षिण एसियाली मुलुकमा कोरोना भयावह बनेको भन्दै आवश्यक सहयोग गर्न अपिल गरेको छ ।

images
प्रकाशित मिति :जेठ १, २०७८ शनिवार - १८:३४:४५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology