Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

पछिल्लो २४ घण्टामा  ६ हजार १३५ जना डिस्चार्ज, आठ हजार पाँच सय २० जनामा संक्रमण 

पछिल्लो २४ घण्टामा  ६ हजार १३५ जना डिस्चार्ज, आठ हजार पाँच सय २० जनामा संक्रमण 

images

इच्छाकामना न्युज

३१, बैशाख २०७८
पछिल्लो २४ घण्टामा  ६ हजार १३५  जना डिस्चार्ज, आठ हजार पाँच सय २० जनामा संक्रमण 
images

काठमाण्डौं, ३१ बैशाख ।
पछिल्लो २४ घण्टामा  ६ हजार १ सय ३५ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै नेपालका कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या तीन लाख २७ हजार ६ सय ५३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 
यस्तै पछिल्लो २४ घण्टामा नेपालमा आठ हजार पाँच सय २० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । २० हजार नौ सय ४८ जनाको पीसीआर र पाँच सय ३० जनाको एन्टिजेन विधिमार्फत परीक्षण गर्दा आठ हजार पाँच सय २० जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । 
आज थपिएकासँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या चार लाख ३९ हजार ६ सय ५८ पुगेको छ ।  
अहिले नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख सात हजार तीन सय ३६ छ । 

त्यस्तै कोरोना सङ्क्रमणबाट थप दुई सय तीन जनाको ज्यान गएको विवरण प्राप्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या चार हजार ६ सय ६९ पुगेको छ ।  

images
प्रकाशित मिति :बैशाख ३१, २०७८ शुक्रवार - १९:०६:५३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology