Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

अस्पतालहरुमा लगाएको कोटा प्रणाली खारेज

अस्पतालहरुमा लगाएको कोटा प्रणाली खारेज

images

सिआईएन

३१, बैशाख २०७८
अस्पतालहरुमा लगाएको कोटा प्रणाली खारेज
images

काठमाण्डौं, ३१ बैशाख ।
सरकारले अक्सिजन आपूर्तिमा अस्पतालहरुमा लगाएको कोटा प्रणाली खारेज गरेको छ । अक्सिजनको व्यवस्थानको जिम्मेवारी स्वास्थ्य मन्त्रालयले पाएपछि आज एक विज्ञप्ती जारी गर्दै स्वास्थ्य मन्त्रालयले ,कोटा प्रणाली खारेज भएको जानकारी दिएका छ ।  
स्वास्थ्य मन्त्रालयले सबै अक्सिजन उत्पादक उद्योगहरुलाई सम्बोधन गर्दै अस्पतालहरुमा साविककै  नियमित ढुवानी प्रक्रियाबाट अक्सिजन उपलब्ध गराउन निर्देशन दिएको छ । हाललाई अर्को व्यवस्था नभएसम्म उद्योगबाट अस्पतालहरुमा साविककै नियमित ढुवानी प्रक्रियाबाट मेडिकल अक्सिजन उपलब्ध गराइदिनुहुन  तथा आकस्मिक व्यवस्थापनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रायलको अक्सिजन वितरण व्यवस्थापन गर्ने उच्चस्तरीय टोलीहरुको निर्णय र निर्देशन अनुसार स्थानीय प्रशासनहरुसँग सहकार्य र सरोकारवाला अन्य निकायहरुको समन्वयमा गराईदिनुहुन अनुरोध छ, स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा भनिएको छ । 
काठमाडौं उपत्यकाका अक्सिजन उद्योगहरुबाट अस्पतालमा अक्सिजन वितरण गर्दा सरकारले कोटा सिस्टममा वितरण गर्ने व्यवस्था गरेपछि सरकारी अस्पतालहरुमा समेत अक्सिजन अभावको अवस्था देखिएको थियो ।  
अक्सिजन अभाव हुँदा अस्पतालमा बिरामीको मृत्यु भइरहेको छ ।  सिसिएमसीको बैठकले निर्णय गरि लागु गरेको कोटा सिस्टमबाट झनै अक्सिजनको हाहाकार भएपछि सिसिएमसीले गर्दै आएको अक्सिजन वितरण प्रणालीलाई व्यवस्थित गर्ने जिम्मेवारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नै पाएको छ । सिसिएमसीले स्वास्थ्य मन्त्रालयलाई नै जिम्मेवारी दिएपछि अक्सिजन वितरण व्यवस्थापनका लागि स्वास्थ्य मन्त्रालयले उच्चस्तरीय टोली समेत गठन गरेको छ ।

images
प्रकाशित मिति :बैशाख ३१, २०७८ शुक्रवार - १८:५९:४७ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology