आँबुखैरेनी, ३१ बैशाख ।
तनहुँको आँबुखैरेनीमा थप ७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।
गत बैशाख २७ गते स्वाव सङ्कलन गरि परिक्षणको लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखरा पठाइएकोमा ३ जना र वडा नम्बर–३ मा आज गरिएको परिक्षणमा थप ४ जना गरि सात जनामा कोरोना संक्रमण पुष्टि भएको गाउँपालिकाले विज्ञप्ती निकालेर जानकारी गराएको छ।
थपिएको संक्रमितहरु वडा नम्बर–३ का ३१, ३७ वर्षका पुरुष, १५, २४, ५०, ५० वर्षका महिला र वडा नम्बर १ का ३५ वर्षका पुरुष रहेका छन्। संक्रमित सबैको अवस्था सामान्य रहेको र उनिहरु होम आइसोलेसनमा रहेको पनि गाउँपालिकाले जनाएको छ।