Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

च्याम्पियन्स लिगको फाइलन खेल पोर्चुगलमा हुने 

च्याम्पियन्स लिगको फाइलन खेल पोर्चुगलमा हुने 

images

एजेन्सी

३१, बैशाख २०७८
च्याम्पियन्स लिगको फाइलन खेल पोर्चुगलमा हुने 
images

यूईएफए च्याम्पियन्स लिगको फाइनल खेल पोर्चुगलमा हुने भएको छ ।युएईएफले हिजो च्याम्पियन्स लिगको फाइनल पोर्चुगलको पोर्टोमा हुने जनाएको छ । च्याम्पियन्स लिगको फाइनलमा दुई इंग्लिस क्लब म्यानचेस्टर सिटी र चेल्सीबीच प्रतिस्पर्धा हुनेछ । सिटी र चेल्सीबीचको फाइनल खेल मे २९ तारिखमा हुनेछ ।

यस अघि फाइनल खेल टर्कीको इस्तानबुलमा हुने तालिका रहेको थियो । तर, टर्कीमा पछिल्लो केहि समयदेखि कोरोना सङ्क्रमणको दरमा वृद्धि हुँदै गएको छ । जसका कारण फाइनल खेल पोर्चुगलमा सारिएको हो ।

फाइनलमा रंगशाला प्रवेशका लागि दर्शकलाई समेत अनुमति दिईएको छ । दुबै टिमका ६/६ हजार दर्शकले रंगशालामा बसेर खेल हेर्न पाउने युएईएफले जनाएको छ ।

images
प्रकाशित मिति :बैशाख ३१, २०७८ शुक्रवार - ०९:०९:१० बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology