Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

काठमाडौंका अस्पताललाई अक्सिजन व्यवस्थापनको जिम्मा स्वास्थ्य मन्त्रालयलाई

काठमाडौंका अस्पताललाई अक्सिजन व्यवस्थापनको जिम्मा स्वास्थ्य मन्त्रालयलाई

images

इच्छाकामना न्युज

३१, बैशाख २०७८
काठमाडौंका अस्पताललाई अक्सिजन व्यवस्थापनको जिम्मा स्वास्थ्य मन्त्रालयलाई
images

काठमाण्डौ, ३१ बैशाख । काठमाडौं उपत्यकाका सबै सरकारी तथा निजी अस्पताललाई अक्सिजन व्यवस्थापनको जिम्मा स्वास्थ्य मन्त्रालयलाई दिइएको छ। हिजो मुख्य सचिवको कार्यकक्षमा बसेको विभिन्न मन्त्रालयका सचिवहरुको बैठकले आजदेखि आवश्यक अक्सिजन सिलिण्डरको आपूर्तिको व्यवस्था स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने निर्णय गरेको हो ।

मेडिकल अक्सिजनको प्रयोग र आवश्यकता सम्बन्धी मापदण्ड, २०७८ अनुसार मन्त्रालयले व्यवस्थापन मिलाउने सीसीएमसीका सहसचिव नुरहरी खतिवडाले जानकारी दिनुभयो । स्वास्थ्य मन्त्रालयलाई गृह मन्त्रालय र स्थानीय प्रशासनले आवश्यक सहयोग उपलब्ध गराउने निर्णय पनि भएको छ। सोही निर्णय अनुसार कुन अस्पताललाई कति अक्सिजन दिने भन्ने आदेश पनि आजदेखि स्वास्थ्य मन्त्रालयले नै जारी गर्ने भएको छ।

अस्पतालले अक्सिजनको माग फारम नपठाउँदा सीसीएमसीले हिजो अक्सिजन वितरणको आदेश समेत जारी गर्न सकेको छैन। बुधबार जारी भएकै आदेश अनुसार वितरण गर्न अक्सिजन उद्योगहरुलाई निर्देशन दिएको छ।

images
प्रकाशित मिति :बैशाख ३१, २०७८ शुक्रवार - ०९:०५:४३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology