Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

कोरोना संक्रमितको घरघर पुग्दै स्वस्थ्य किट बाड्दै हौसला बढाउछन् गोरखा शहिद लखन गापाका अध्यक्ष थापा

कोरोना संक्रमितको घरघर पुग्दै स्वस्थ्य किट बाड्दै हौसला बढाउछन् गोरखा शहिद लखन गापाका अध्यक्ष थापा

images

इच्छाकामना न्युज

३१, बैशाख २०७८
कोरोना  संक्रमितको घरघर पुग्दै स्वस्थ्य किट बाड्दै हौसला बढाउछन् गोरखा शहिद लखन गापाका अध्यक्ष थापा
images

घैरुङ, ३१ बैशाख । जिल्लाको शहिद लखन गाउँपालिकामा कोरोना भाइरस सङक्रमित विरामीहरुका लागि घरमा पुगेर स्वास्थ्य सामग्री प्रदान गर्न थालिएको छ । स्वाव सङ्कलनको कामदेखि स्वास्थ्य सामग्री वितरण सम्मका गतिविधिमा स्वास्थ्यका कर्मचारी र  प्रमुख प्रशासकीय अधिकृत सहित पालिका अध्यक्ष रमेश थापा मगर आफै पुग्छन् ।  आज विहानै पनि अध्यक्ष थापा कोभिड संक्रमितको घरदैलोमा पुगेर स्वास्थ्य कीट बितरण गरेका छन् ।
 
जिंक चक्की, भिटामिन सि, सेतो पलाति, ईम्युनोकियर, अक्सिमिटर लगायतका स्वास्थ्य सामग्री लिएर विरामीको घरघरमा पुगेका हुन् ।  अघिल्लो साल दाताहरुले दिएका बाँकी रहेका र नपुग खरिद गरेर गाउँपालिकाले होम आइसोलेसनमा बसेका विरामीहरुका लागि सामग्री प्रदान गरेका हुन् । 

पालिकालाइ यस अघि स्वाँरा सघन गाउँ विकास केन्द्रले स्वास्थ्य किट उपलब्ध गराएको र त्यहिँ किट केही थान बाँकी रहेको पालिकाले जनाएको छ । शहिद लखनमा आजका दिन सम्म होम आइसोलेसनमा रहने विरामीहरुको  सङ्ख्या महिला १५ र पुरुष ३१ गरी ४६ जना रहेका छन् ।  उनीहरु सबैलाइ स्वास्थ्य किट प्रदान भएको हो ।

पालिकामा घर भइ सङक्रमित भएकाहरुको सङ्ख्या महिला २८ र पुरुष ४९ गरी ७७ जना रहेका छन् । पिसिआर परीक्षणको क्रममा पालिका भित्र गरिएको स्वाव सङ्कलनमा महिला १४ र पुरुष २१ जनामा कोरोना सङक्रमण पुष्टि भएको थियो । बाहिर विभिन्न अस्पतालमा भएको परीक्षणमा १४ जना महिला र २८ जना पुरुष सङक्रमित भएका थिए । 

पालिकाले हाल सम्म कन्टयाक्ट ट्रेसिङ ६१ महिला र ६८ पूरुष, होम आइसोलेसन ट्रेसिङ १ महिला र ३ पूरुष पालिका भित्र ३९ महिला र ३५ पूरुष गरी १०१ जना महिला र १०६ जना पुरुष गरी २०७ जनाको पिसिआर परिक्षण गरिएको गाउँपालिका अध्यक्ष रमेश थापाले जानकारी दिए ।

पालिका भित्रका नौ वटै वडामा भित्रिने मानिसहरुको बारेमा शुक्ष्म जानकारी लिने गरिएको छ । पालिका स्थित स्वास्थ्य शाखाले पिसिआर गर्न आवश्यक लागेका नागरिकहरुको स्वाव सङ्कलन गर्ने र पिसिआर परिक्षणको नतिजा लिने गर्दछन् ।

images
प्रकाशित मिति :बैशाख ३१, २०७८ शुक्रवार - ०८:५४:१४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology