Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

आईसीसीले सार्वजनिक ग¥यो टेस्ट क्रिकेटको वरियता, ब्याट्सम्यानमा विलियम्सन शिर्ष स्थानमा 

आईसीसीले सार्वजनिक ग¥यो टेस्ट क्रिकेटको वरियता, ब्याट्सम्यानमा विलियम्सन शिर्ष स्थानमा 

images

एजेन्सी

३०, बैशाख २०७८
आईसीसीले सार्वजनिक ग¥यो टेस्ट क्रिकेटको वरियता, ब्याट्सम्यानमा विलियम्सन शिर्ष स्थानमा 
images

न्युजिल्याण्डका कप्तान तथा ब्याट्सम्यान केन विलियम्सन टेस्ट क्रिकेटको ब्याट्सम्यानतर्फ शीर्ष स्थानमा यथावत रहन सफल हुनुभएको छ ।अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सार्वजनिक गरेको नयाँ वरीयतामा विलियम्सन शीर्ष स्थानमा कायम रहनुभएको हो ।

यस्तै अष्ट्रेलियाका ब्याट्सम्यान स्टिभ स्मिथ पनि दोस्रो स्थानमा यथावत रहन सफल हुनुभएको छ । आईसीसीको वरियतामा अष्ट्रेलियाका मार्नुस लाबुस्चाग्ने तेस्रो स्थानमा रहनुभएको छ इंग्ल्यान्डका जोय रुट चौंथो स्थानमा रहदा भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली पाँचौं स्थानमा रहनुभएको छ ।

यस्तै बलिङतर्फ अष्ट्रेलियाका प्याट कमिन्स शीर्ष स्थानमा यथावत रहनुभएको छ । वरियतामा भारतका रविचन्द्र आश्विन दोस्रो, न्युजिल्यान्डका निल वाग्नेर तेस्रो, इंग्ल्यान्डका जेम्स एण्डरसन चौंथो र अष्ट्रेलियाका जोस हाजलउड पाँचौं स्थानमा रहनुभएको छ ।

त्यसैगरी, अलराउण्डरतर्फ वेष्ट इन्डिजका जासन होल्डर शीर्ष स्थानमा रहनुभएको छ ।इंग्ल्यान्डका बेन स्टोक्स दोस्रो, भारतका रबिन्द्र जडेजा तेस्रो स्थानमा रहनुभएको छ भने भारतकै रविचन्द्र आश्विन चौंथो र बंगलादेशका शाकिब अल हसन पाँचौ स्थानमा रहनुभएको छ ।

images
प्रकाशित मिति :बैशाख ३०, २०७८ बिहिवार - १०:२१:२६ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology