काठमाण्डौ, ३० बैशाख । पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज दोस्रो क्वालिफायरको खेल हुँदैछ । फाईनल प्रवेशका लागि आज ललितपुर सिटी एफसी र काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ ।पहिलो प्लेअफमा पराजित काठमाडौंले दोस्रो ईलिमिनटेर राउण्डको विजेता ललितपुरसँग फाईनल प्रवेशका लागि खेल्न लागेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने काठमाडौं र ललितपुरबीचको खेल साँझ साढे ५ बजेबाट सुरु हुनेछ । हिजो भएको इलिमिनेटर खेलमा काठमाडौंले ललितपुरलाई १–० गोल अन्तरले पराजित गरेको थियो । उपाधिको बलियो दाबेदार काठमाडौं समेत ललितपुरविरुद्ध आफ्नो सेट टिमबाट नतिजा निकाल्न प्रयासरत हुनेछ ।
आजको खेलमा विजयी हुने टोलीले फाइनलमा धनगढी एफसीसँग उपाधिका लागि खेल्नेछ । धनगढीले पहिलो क्वालिफायरमा काठमाडौंलाई पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरिसकेको छ । लिगको उपाधि खेल शनिबार हुनेछ ।