Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

भारतको महाराष्ट्रमा ३१ मेसम्मका लागि लकडाउनको समयावधि थपियो 

भारतको महाराष्ट्रमा ३१ मेसम्मका लागि लकडाउनको समयावधि थपियो 

images

एजेन्सी

३०, बैशाख २०७८
भारतको महाराष्ट्रमा ३१ मेसम्मका लागि लकडाउनको समयावधि थपियो 
images

भारतको महाराष्ट्रमा ३१ मेसम्मका लागि लकडाउनको समय थप गरिएको छ । भारतमा जारी कोरोनाको दोस्रो लहरका कारण सबैभन्दा बढी प्रभावित बनेको महाराष्ट्रमा राज्य सरकारले थप दुई साताका लागि लकडाउनको समय थप गरेको हो ।

यसअघि जारी रहेको लकडाउन आजसम्म थियो । राज्य सरकारको हिजो बसेको बैठकले महाराष्ट्रमा कोरोना सङ्क्रमणको दर अझै नियन्त्रणभन्दा बाहिर रहेकाले लकडाउनको समयावधि थप गर्ने निर्णय गरेको हो । लकडाउन अवधिभर अत्यावश्यक बाहेकका सबै सेवा बन्द नै रहनेछ ।

महाराष्ट्रमा गत २४ घन्टामा मात्रै ४६ हजारभन्दा बढी नयाँ सङ्क्रमित थपिएका छन् भने ८ सय १६ जनाको मृत्यु भएको छ । भारत पछिल्लो समय कोरोनाको दोस्रो लहरका कारण विश्वकै सबैभन्दा बढी प्रभावित मुलुक बनेको छ ।

जहाँ दैनिक सङ्क्रमित थपिने दर ३ लाख नाघेको छ भने ४ हजारभन्दा धेरैको मृत्यु हुने गरेको छ ।

images
प्रकाशित मिति :बैशाख ३०, २०७८ बिहिवार - १०:१८:०१ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology