Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

काठमाडौं उपत्यकासहित देशका अधिकांश भागमा वर्षाः मौसम विभाग 

काठमाडौं उपत्यकासहित देशका अधिकांश भागमा वर्षाः मौसम विभाग 

images

इच्छाकामना न्युज

३०, बैशाख २०७८
काठमाडौं उपत्यकासहित देशका अधिकांश भागमा वर्षाः मौसम विभाग 
images

चितवन, ३० बैशाख । जल तथा मौसम विज्ञान विभागले आजपनि देशका अधिकांश स्थानमा वर्षा हुने बताएको छ । आज बिहानैदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा भइरहेको विभागले जनाएको छ ।

गण्डकी तथा बागमती प्रदेशका अधिकांश स्थानमा वर्षा भइरहेको भन्दै विभागले बाँकी प्रदेशका पनि केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको बताएको छ। आज बिहान मौसम सम्बन्धी बुलेटिन जारी गर्दै आज दिउँसो पनि देशभर सामान्य बदली रहने साथै, देशका केही स्थानहरुमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावनासमेत रहेको बताएको छ ।

यस्तै आज अपराह्नतिर सुदूरपश्चिम र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको बुलेटिनमा उल्लेख गरिएको छ । यस्तै आज राति प्रदेश १ सहित देशका पहाडी भू–भागहरुमा सामान्य बदली र बाँकी भू–भागहरुमा आंशिक बदली रहने छ ।

प्रदेश नम्बर १ का साथै अन्य पहाडी भू–भागका  थोरै  स्थानहरुमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । 

images
प्रकाशित मिति :बैशाख ३०, २०७८ बिहिवार - १०:१६:४२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology