Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

९ हजार २ सय ३८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि 

९ हजार २ सय ३८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि 

images

इच्छाकामना न्युज

२९, बैशाख २०७८
९ हजार २ सय ३८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि 
images

काठमाण्डौ, २९ बैशाख । पछिल्लो २४ घण्टामा देशभर ९ हजार २ सय ३८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थतथा जनसंख्या मन्त्रालयले आज आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले २० हजार ३ सय ६२ पीसीआर परीक्षणबाट ९ हजार २३८ जनामा कोरोना पुष्टि भएको जानकारी दिनुभएको हो ।

उहाँका अनुसार एन्टिजेन विधिबाट गरिएको ४२४ नमुना परीक्षणमा ६७ जनामा पोजिटिभ देखिएको छ । २४ घण्टामा ४ हजार ४४४ सङ्क्रमण मुक्त भएका छन् । नेपालमा सक्रिय सङ्क्रमितको संख्या १ लाख १ हजार ६३४ पुगेको छ । जसमध्ये ७ हजार २९१ जना संस्थागत आइसोलेसनमा र ९४ हजार ३४३ जनाहोम आइसोलेसनमा रहेको प्रवक्ता गौतमले बताउनुभयो  ।

images
प्रकाशित मिति :बैशाख २९, २०७८ बुधवार - १९:४३:०७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology