Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

प्यालेष्टाइनमा इजरायलले हवाई आक्रमण गर्दा ३१ जनाको मृत्यु

प्यालेष्टाइनमा इजरायलले हवाई आक्रमण गर्दा ३१ जनाको मृत्यु

images

एजेन्सी

२९, बैशाख २०७८
प्यालेष्टाइनमा इजरायलले हवाई आक्रमण गर्दा ३१ जनाको मृत्यु
images

इजरायलले प्यालेष्टाइनमा गरेको हवाई आक्रमणमा कम्तिमा ३१ जनाको मृत्यु भएको छ । प्यालेष्टाइनी लडाकु समुह हमास र इजरायली सेना बीच जारी हिंसाकै क्रममा भएका रकेट र हवाई आक्रमणमा दुवैतर्फ गरि ३१ जनाको मृत्यु भएको हो ।

प्यालेष्टाइन तर्फ २८ र इजरायल तर्फ ३ जनाको मृत्यु भएको हो । २ सय बढी घाइते भएका छन् । सन् २०१७ पछि यी दुई पक्षबीच भएको यो नै ठूलो हिंसात्मक झडप हो । मंगलबार इजरायली सेनाको हवाई आक्रमणबाट गाजा पट्टीमा रहको १३ तले भवन ध्वस्त भएको छ ।

इजरायली सेनाले भवनमा रहेका मानिसहरुलाई बाहिर निस्कन चेतावनी दिएको डेढ घण्टा पछि ३ सय भन्दा बढी हवाई र रकेट आक्रमण गरिएको थियो । यसैबीच इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासले सीमा रेखा नाघेका प्रतिक्रिया दिंदै यसको ठूलो मुल्य चुकाउनुपर्ने चेतावनी दिएका छन ।तर हमासले भने इजरायलले जबरजस्ती रुपमा आक्रमण गरेको भन्दै प्रतिकार गर्ने जवाफ दिएको छ ।

इजरायल र प्यालेस्टाइनबीच पछिल्लो समय जेरुसलममा रहेको प्रख्यात अल अक्सा मस्जिदमाथि दाबीको विषयले हिंसा चुलिएको हो । इजरायलले पनि सो मस्जिद आफुहरुको पवित्र धार्मिक स्थल भएको दाबी गरेपछि त्यही मस्जिदकै बिषयमा दुई देशबीच तनाब बढेको हो । अन्तर्राष्ट्रिय समुदायले दुवै पक्षलाई संयम अपनाउन आग्रह गरेको बिबिसीले जनाएको छ ।

images
प्रकाशित मिति :बैशाख २९, २०७८ बुधवार - ०७:४४:३१ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology