Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

काठमाडौं उपत्यकाकामा जारी निषेधाज्ञा दुई साता थप्ने निर्णय 

काठमाडौं उपत्यकाकामा जारी निषेधाज्ञा दुई साता थप्ने निर्णय 

images

इच्छाकामना न्युज

२८, बैशाख २०७८
काठमाडौं उपत्यकाकामा जारी निषेधाज्ञा दुई साता थप्ने निर्णय 
images

काठमाण्डौ, २८ बैशाख । काठमाडौं उपत्यकाकामा जारी निषेधाज्ञा दुई साता थपिने भएको छ ।  काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको आज बसेको बैठकले निषेधाज्ञा जेठ १३ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो ।

निषेधाज्ञामा थप कडाइ गर्ने निर्णय पनि भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो । निषेधाज्ञामा अत्यावश्यक बाहेकका निजी तथा सरकारी सबै कार्यालयहरु बन्द गरिने छ भने होटल र पार्टी प्यालेसमा हुने विवाहमा पनि रोक लगाइने भएको छ । राष्ट्रिय महत्वका आयोजना र आवसीय सुविधा भएका बाहेक अन्य निर्माण कार्य पनि बन्द गरिने छ ।

दैनिक उपभोग्य वस्तु खरिदका लागि भने विहान १० बजेसम्म उपभोग्य वस्तुका पसलहरु खोल्न दिइने भएको छ । यही बैशाख २२ गते थप गरिएको निषेधाज्ञाको अवधि भोलि २९ गते समाप्त हुँदैछ ।

images
प्रकाशित मिति :बैशाख २८, २०७८ मंगलवार - २०:००:१६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology