Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

कोरोना खोपमा अनियमिता नभएको स्वास्थ्य मन्त्रालयको दाबी 

कोरोना खोपमा अनियमिता नभएको स्वास्थ्य मन्त्रालयको दाबी 

इच्छाकामना न्युज

२८, बैशाख २०७८
कोरोना खोपमा अनियमिता नभएको स्वास्थ्य मन्त्रालयको दाबी 

काठमाण्डौ, २८ बैशाख । स्वास्थ्य तथा जनसंख्यामन्त्री ह्रृदयेश त्रिपाठीले कोरोना खोपमा अनियमिता नभएको दाबी गर्नुभयो ।  आज पत्रकार सम्मेलन गरेर मन्त्री त्रिपाठीले खोप आयातमा सरकारले एक पैसा पनि कसैलाई कमिसन नदिएको बताउनुभयो  ।

images

मन्त्री त्रिपाठीले अनर्गल, झुटा अफवाह र आत्मरतिमा नलाग्न आग्रह गर्नुभयो ।कमिसनका कारण ५० लाख डोज खोप आयात प्रभावित भएको खबरहरु सार्वजनिक भएपछि भ्रष्टाचार भन्दै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले नेता माधवकुमार नेपालले वक्तव्य दिनुभएको थियो ।  

नेताहरुलाई बुझेर मात्र बोल्न चेतावनी दिनुभएका  मन्त्री त्रिपाठीले भारतको सेरम इस्न्टिच्युटबाट ५० लाख डोज खोप किन खरिद हुन सकेन भन्ने बताउनुभएन ।  उहाँका अनुसार सेरमसँग नेपालले खरिद गरिसकेको १० लाख डोज खोप कहिले आउँछ भन्ने टुंगो छैन ।

कम्पनीमा भएको आगलागी, भारतमा महामारी फैलिएपछि खोप निर्यातमा रोक लगाउँदा खोप आउन ढिला भएको भन्दै उहाँले एउटा कम्पनीलाई २० प्रतिशत निर्यातका लागि अनुमति दिइसकेको र सेरमले पनि अनुमति पाउनासाथ पहिलो देशका रुपमा नेपालमा खोप आउँने बताउनुभयो ं ।

images
प्रकाशित मिति :बैशाख २८, २०७८ मंगलवार - १९:५८:४३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology