विश्व स्वास्थ्य संगठनले भारतमा भेटिएको कोरोनाको नयाँ भेरिएन्टलाई लिएर चिन्ता व्यक्त गरेको छ । संगठनले भारतमा भेटिएको बी.१.६१७ भेरिएन्टले अन्य भेरिएन्टभन्दा बढी सङ्क्रामक रहेको र यो चिन्ताको विषय बनेको बताएको हो ।
नियमित पत्रकार सम्मेलनको क्रममा संगठनका कोभिड–१९ प्रमुख मारिया वेन केरखोवलेभारतीय भेरिएन्ट निकै खतरनाक रहेको र खोप लगाएकाहरुमा पनि यसले गम्भीर असर गरिरहेको भन्दै यसले आगामी दिनमा विश्वलाई नै आफ्नो चपेटामा लिने भन्दै चेतावनी दिनुभयो ।
उहाँले भारतमा देखिएको कोरोनाले भारतलाई नराम्रोसँग प्रभावित बनाएको र आउने दिनमा विश्वका अन्य मुलुकमा पनि यसले असर गर्न सक्ने भन्दै सबैलाई आवश्यक सतर्कता अपनाउन आग्रह समेत गर्नुभयो ।