Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

चीनले दिएको स्वास्थ्य सामग्री आज आईपुग्ने 

चीनले दिएको स्वास्थ्य सामग्री आज आईपुग्ने 

images

इच्छाकामना न्युज

२८, बैशाख २०७८
चीनले दिएको स्वास्थ्य सामग्री आज आईपुग्ने 
images

काठमाण्डौ, २८ बैशाख । चीनले कोरोना सङ्क्रमणको रोकथाम, नियन्त्रण तथा उपचारका लागि अनुदानस्वरूप दिएको अक्सिजन सिलिन्डरलगायतका स्वास्थ्य सामग्री आज काठमाडौं आइपुग्दैछ । अक्सिजन सिलिन्डर लगायतका स्वास्थ्य सामग्री लिन वायुसेवा निगमको वाइडबडी विमान हिजो बेइजिङ पुगेको थियो ।

विमानले पहिलो खेपमा चार सयवटा सिलिन्डर ल्याउने छ  ।चीनले नेपाललाई २० हजार अक्सिजन सिलिन्डर दिने घोषणा गरिसकेको छ । भेन्टिलेटरलगायतका स्वास्थ्य सामग्री भने स्थलमार्गबाट अबको पाँच दिनभित्र तातोपानी नाका आइपुग्ने बताइएको छ ।

स्थलमार्गबाट ४० थान भेन्टिलेटर, २० थान अटोमेटेड एनालाइजर, १० थान डीआर मेसिन, २० थान पोर्टेबल अल्ट्रासाउन्ड र ३० थान एनेस्थेसिया मेसिन लगायतका स्वास्थ्य सामग्री आउन लागेको हो ।

images
प्रकाशित मिति :बैशाख २८, २०७८ मंगलवार - १२:३१:२१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology