Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

उपत्यकामा जेठ १२ सम्म निषेधाज्ञा लम्ब्याउने तयारी 

उपत्यकामा जेठ १२ सम्म निषेधाज्ञा लम्ब्याउने तयारी 

images

इच्छाकामना न्युज

२८, बैशाख २०७८
उपत्यकामा जेठ १२ सम्म निषेधाज्ञा लम्ब्याउने तयारी 
images

काठमाण्डौ, २८ बैशाख । उपत्यकामा जेठ १२ गतेसम्म निषेधाज्ञा लम्ब्याउने तयारी भएको छ। काठमाडौं, ललितपुर, भक्तपुर तीनवटै जिल्लाले आन्तरिक छलफलमा जेष्ठ १० वा १२ गतेसम्म निषेधाज्ञा थप्ने गरी छलफल गरेका छन्।

आज तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठक बसेर थप कडाई गर्दै निषेधाज्ञा थप्ने निर्णय गर्ने भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले सीआईएनसँग बताउनुभयो । निषेधाज्ञालाई थप कडाई गरिने समेत उहाँको भनाई छ ।

उहाँका अनुसार अत्यावश्यक बाहेक सबै कार्यालय बन्द गर्ने र उपत्यकाबाट बाहिर जान पनि रोक लगाउने निर्णय हुनसक्नेछ । अस्पताल जाने आउने बाहेकलाई हिँडडुल गर्न नदिईने समेत बताईएको छ ।

सरकारले ठूला सहरमा ५०० बढी सङ्क्रमित भए र पहाडी जिल्लामा २०० बढी सङ्क्रमित भएपछि स्थानीय प्रशासनले नै निषेधाज्ञाको निर्णय गर्न सक्ने अधिकार दिएको छ।उपत्यकामा १६ गतेदेखि निषेधाज्ञा जारी छ। पछिल्लो पटक एक साता थपिएको निषेधाज्ञा भोलि सकिने छ।

images
प्रकाशित मिति :बैशाख २८, २०७८ मंगलवार - १२:२०:५२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology