Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

कोरोना कहरः एसइई र कक्षा १२ को परीक्षा स्थगित

कोरोना कहरः एसइई र कक्षा १२ को परीक्षा स्थगित

images

इच्छाकामना न्युज

२७, बैशाख २०७८
कोरोना कहरः एसइई र कक्षा १२ को परीक्षा स्थगित
images

काठमाडौं, २७ बैशाख । यस वर्षको एसइई र कक्षा १२ को बोर्ड परीक्षा स्थगित भएको छ । राष्ट्रिय परीक्षा बोर्डको आज बसेको बैठकले कोरोनाको महामारीको जोखिम र सबैतिर निषेधाज्ञाका करण दुवै तहका परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

यस वर्षको एसइई जेठ १३ गतेदेखि र कक्षा १२ को परीक्षा जेठ २६ गतेदेखि सुरु हुने तालिका थियो । अघिल्लो वर्ष पनि लकडाउनकै करण यी दुवै परीक्षा सारिएको थियो ।

स्थगित गरिएको परीक्षा कुन मोडालिटीमा कहिलेबाट सञ्चालन गर्न सकिन्छ भनेर १५ दिनभित्र बोर्ड सदस्यहरुले आ–आफ्ना सुझाव दिएर आउने र त्यसपछि परीक्षाको नयाँ मिति तय हुने शिक्षामन्त्रीका प्रेस सल्लाहकारा ईश्वरराज ढकालले जानकारी दिए ।

images
प्रकाशित मिति :बैशाख २७, २०७८ सोमवार - ११:१९:०३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology