स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड र सेभिया बराबरीमा रोकिएको छ । गयराति भएको खेलमा रियल सेभियासँग २–२ गोलको बराबरीमा रोकिएको हो ।रियलको अस्थाई मैदानमा फेर्नान्डोको गोलबाट २२ औं मिनेटमा सेभियाले अग्रता बनाएको थियो ।तर, खेलको ६७ औं मिनेटमा मार्को एसेन्सियोले गोल गर्दै रियललाई १–१ गोलको बराबरीमा फर्काउनुभयो ।
खेलको ७८ औं मिनेटमा इभान राकिटिकले पेनाल्टीमा गोल गर्दै सेभियालाई २–१ को अग्रता दिलाउनुभयो । तर, खेलको इन्जुरी समयको चौंथो मिनेटमा इडेन हाजार्डले गोल गर्दै खेल २–२ को बराबरीमा ल्याउदै रियललाई हारबाट जोगाउनुभयो ।
बराबरीसँगै रियलले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ । तर, रियल लिगको दोस्रो स्थानमा भने उक्लिन सफल भएको छ । रियलले ३५ खेलमा७५ अङ्क जोडेको छ । शीर्ष स्थानको एट्लेटिको मड्रिडको ७७ अङ्क रहेको छ ।सेभिया ७१ अङ्क जोडेर चौंथो स्थानमा रहेको छ ।