Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

आज देशका अधिकांश भू–भागमा मौसम बदली भई वर्षा हुनेः मौसम महाशाखा 

आज देशका अधिकांश भू–भागमा मौसम बदली भई वर्षा हुनेः मौसम महाशाखा 

images

इच्छाकामना न्युज

२७, बैशाख २०७८
आज देशका अधिकांश भू–भागमा मौसम बदली भई वर्षा हुनेः मौसम महाशाखा 
images

चितवन, २७ बैशाख । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश भू–भागमा वर्षा हुने बताएको छ । महाशाखाले अहिले देशका केही भागमा वर्षा भइरहेको र देशका अधिकांश भू–भागमा सामान्य बदली रहेको बताएको छ ।

आज बिहान मौसम सम्बन्धी बुलेटिन सार्वजनिक गर्दै महाशाखाले पछिल्लो केही दिनदेखि देशमा पश्चिमी न्यून चापीय प्रणाली तथा बंगालको खाडीबाट प्रवाह हुने जलवाष्प युक्त हावाका कारण मौसममा बदली देखिएको पनि बताएको छ । महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू–भागमा सामान्य बदली रहने छ।

देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित वर्षाको सम्भावना रहेकोसमेत महाशाखाको भनाइ छ । यस्तै आज राति प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशमा आंशिक बदली रहने बुलेटिनमा उल्लख गरिएको छ ।

प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

images
प्रकाशित मिति :बैशाख २७, २०७८ सोमवार - ०९:४२:४३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology