देवघाट, २६ बैशाख । गाउँपालिकालाई पूर्ण सरसफार्य र विश्व महामारीको रुपमा फैलिरहेको कोरोना भाईरसको प्रभावबाट कसरी जोगाउन सकिन्छ भन्ने बारे तनहुँको देवघाटमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। गाउँपालिकाको आयोजनामा गाउँपालिकाकै सभाहलमा गाउँपालिका स्तरिय संजाल प्रतिनिधी र सामुदायिक स्वयंसेवकहरु बिच अन्तरक्रिया सम्पन्न भएको हो।
गाउँपालिका अध्यक्ष दुर्ग बहादुर थापाको संयोजकत्वमा सिमित व्यक्तिहरुको उपस्थितिमा सामाजिक दुरी कायम गरि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो।

कार्यक्रममा देवघाट गाउँपालिकाका कार्यक्रम अधिकृत कृष्णराज पन्त, देवघाट युवा तथा खेलकुद समितिका अध्यक्ष सुकु गुरुङ, देवघाट गाउँपालिका स्तरीय उद्योग बाणिज्य संघ अध्यक्ष रोशन श्रेष्ठ, देवघाट गाउँपालिका स्तरीय अपांग सञ्जालका अध्यक्ष ॠषिराम लामिछाने, देवघाट गाउँपालिका स्तरीय बुद्धिजीवी परिषदका अध्यक्ष डा. सुरेन्द्र श्रेष्ठ, गाउँपालिका स्तरीय आदिवासी जनजाती महासंघ अध्यक्ष रुमकुमार थापामगर, गाउँपालिका स्तरीय दलित सञ्जालका अध्यक्ष राजु परियार र समाजसेवी युवा सम्राट अधिकारी लगाएतको उपस्थिति रहेको थियो ।