काठमाण्डौ, २६ बैशाख । नेपाल सुपर लिगको प्ले अफ समिकरण पुरा भएको छ । हिजोको खेलमा ललितपुर सिटी एफसी र बुटवल लुम्बिनी एफसी प्ले अफमा पुगेसँगै प्ले अफको समिकरण पुरा भएको हो ।
यसअघि धनगढी एफसी र काठमाडौं रेजर्सले अन्तिम चारमा स्थान सुरक्षित गरिसकेको छ । हिजो भएको खेलमा विराटनगर सिटी एफसीलाई ४–० गोल अन्तरले पराजित गर्दै ललितपुरले अन्तिम चारमा स्थान बनाएको हो ।
यस्तै हिजै भएको अर्को खेलमा धनगढी एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै बुटवलले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । लिग अन्तर्गत अब मंगलवार हुने पहिलो क्वालिफायरमा धनगढी र काठमाडौंबीच प्रतिस्पर्धा हुनेछ । पहिलो क्वालिफायरमा विजयी हुने टोली सिधै फाइनलमा पुग्ने छ ।
यस्तै बुधवार हुने इलिमिनेटरमा ललितपुर र बुटवलबीच प्रतिस्पर्धा हुनेछ । इलिमिनेटरमा जित्ने टोलीले बिहीबार हुने दोस्रो क्वालिफायरका विजेतासँग खेल्ने छ । लिग अन्तर्गत आज काठमाडौं रेजर्स र चितवन एफसीबीच खेल हुँदैछ । यी दुई टोलीबीचको खेल साँझ साढे ५ बजे दशरथ रंगशालामा हुने छ ।