Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

अक्सिजन सिलिण्डर जम्मा गर्नेमाथि सरकारको निगरानी

अक्सिजन सिलिण्डर जम्मा गर्नेमाथि सरकारको निगरानी

images

इच्छाकामना न्युज

२६, बैशाख २०७८
अक्सिजन सिलिण्डर जम्मा गर्नेमाथि सरकारको निगरानी
images

काठमाण्डौ, २६ बैशाख । सरकारले उपचार बाहेकका काममा घर र विभिन्न उद्योगमा राखेका झण्डै ८ हजार थान अक्सिजन सिलिण्डर जफत गरेको छ । उद्योग मन्त्रालय र नेपाल प्रहरीमार्फत गरी झण्डै ८ हजार सिलिण्डर अक्सिजन उद्योगमा फिर्ता गरिएको उद्योग विभागका महानिर्देशक जीवलाल भुसालले सीआइएनलाई जानकारी दिनुभयो ।

अझै केही व्यक्ति र उद्योगसँग सिलिण्डर हुनसक्ने आशंकामा निगरानी बढाइएको उहाँको भनाइ छ । कोरोना भाइरसको दोस्रो लहर सुरु भएसँगै अक्सिजन सिलिण्डरको अभाव भएपछि उपचार बाहेकका काममा सिलिण्डर नराख्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको थियो ।

त्यसको अनुगमन गृह मन्त्रालयको सुरक्षा, अत्यावश्यक सेवा सञ्चालन समन्वय एवं अनुगमन समितिले गरिरहेको छ । काठमाडौं उपत्यका भित्रका ८ र उपत्यका बाहिरका १७ गरी २५ वटा अक्सिजन उत्पादन उद्योग सञ्चालनमा रहेको महानिर्देशक भुसालले बताउनुभयो ।  

images
प्रकाशित मिति :बैशाख २६, २०७८ आइतवार - ०९:४२:२९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology