Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

आज राष्ट्रिय कानून दिवस, कोरोना महामारीका कारण औपचारिक कार्यक्रम छैन 

आज राष्ट्रिय कानून दिवस, कोरोना महामारीका कारण औपचारिक कार्यक्रम छैन 

images

इच्छाकामना न्युज

२६, बैशाख २०७८
आज राष्ट्रिय कानून दिवस, कोरोना महामारीका कारण औपचारिक कार्यक्रम छैन 
images

काठमाण्डौ, २६ बैशाख । आज राष्ट्रिय कानून दिवस, कोरोना महामारी नियन्त्रणका लागि देशका अधिकांश क्षेत्रमा गरिएको निशेधाज्ञाका कारण भर्चुअल माध्यमबाट आपसी शुभकामना आदानप्रदान गरी मनाइँदैछ ।

कानून दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जबराले आजको दिन न्याय, समानता एवम् विधिको शासनप्रति सम्मान र प्रतिवद्धता व्यक्त गर्ने दिन भएको भन्दै सहज पहुँचयुक्त तथा जनआस्थामा आधारित न्याय पद्धतिको विकास गर्न आजको दिनले थप उर्जा र हौसला मिल्ने विश्वास व्यक्त गर्नुभएको छ ।

समानता र न्यायलाई नेपालको संविधानले आधारभूत संरचनाको रुपमा स्थापित गरेको स्मरण गर्दै प्रधानन्यायाधीश राणाले यो कानून दिवसलाई राष्ट्रिउ पर्वकै रुपमा मनाइनुपर्ने घारणासमेत विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।

प्रधानन्यायाधीश राणाले कोरोना महामारी नियन्त्रणका लागि स्वास्थ्य मापदण्ड पालना गरी सहयोग गर्न पनि आग्रह गर्नुभएको छ । औपचारिक कार्यक्रम नहुने भएकाले आपसमा शुभकामना आदानप्रदान गरी दिवस मनाउन उनले सबैमा अपीलसमेत गर्नुभएको छ । 

images
प्रकाशित मिति :बैशाख २६, २०७८ आइतवार - ०९:४०:३७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology