Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

ललितपुर सुपर लिग फुटबलको प्लेअफमा प्रवेश 

ललितपुर सुपर लिग फुटबलको प्लेअफमा प्रवेश 

images

इच्छाकामना न्युज

२५, बैशाख २०७८
ललितपुर सुपर लिग फुटबलको प्लेअफमा प्रवेश 
images

ललितपुर, २५ बैशाख । ललितपुर सिटी एफसी राजधानीमा जारी नेपाल सुपर लिग एनएसएल फुटबलको प्लेअफमा प्रवेश गरेको छ । आज भएको लिग चरणको आफ्नो अन्तिम खेलमा विराटनगर सिटी एफसीलाई ४–० को फराकिलो अन्तरले पराजित गर्दै ललितपुर प्लेअफमा पुगेको हो ।

दशरथ रङ्गशालामा भएको खेलमा १० खेलाडीमा सीमित विराटनगरमाथि हावी हुने क्रममा कप्तान अञ्जन विष्टले दुई तथा विमल राना र नुर्लान जाहिदले एक एक गोल गर्नुभयो  ।  जितसँगै ललितपुरले ६ खेलमा ९ अंकसहित तेस्रो स्थानमा रहँदै प्लेअफमा पुगेको हो ।

६ खेलमा ७ अंकमा रहेको विराटनगर भने पाँचौं स्थानमा रहँदै प्लेअफ सम्भावनाबाट बाहिरिएको छ । अहिले धनगढी एफसी र बुटवल लुम्बिनी एफसीबीच प्रतिस्पर्धाभैरहेको छ । यो खेलपछि प्लेअफ पुग्ने चारै टोलीको टुङ्गो लाग्नेछ ।

images
प्रकाशित मिति :बैशाख २५, २०७८ शनिवार - २१:१८:१९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology