Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

अक्सिजन सिलिण्डर अभाव नहुने अवस्थाकोे सुनिश्चित गर्न चिकित्सक संघकोे सरकारसँग माग 

अक्सिजन सिलिण्डर अभाव नहुने अवस्थाकोे सुनिश्चित गर्न चिकित्सक संघकोे सरकारसँग माग 

images

इच्छाकामना न्युज

२५, बैशाख २०७८
अक्सिजन सिलिण्डर अभाव नहुने अवस्थाकोे सुनिश्चित गर्न   चिकित्सक संघकोे सरकारसँग माग 
images

काठमाण्डौ, २५ बैशाख । नेपाल चिकित्सक संघले कोभिड–१९ को उपचारमा खटिएका अस्पतालहरुलाई अक्सिजनको सहज उपलब्धता गराई अक्सिजन र अक्सिजन सिलिण्डर अभाव नहुने अवस्थाकोे सुनिश्चित गर्न सरकारसँग माग गरेको छ । 

नेपाल चिकित्सक संघले हाल कोभिड–१९ महामारीको उपचारमा संलग्न रहेका विभिन्न अस्पतालहरुले अक्सिजनको अभाव भई नयाँ बिरामी भर्ना गर्न नसकिएको, बिरामीलाई आफैले अक्सिजन व्यवस्था गर्नु पर्ने र अक्सिजनको अभावका कारण बिरामीहरुलाई बेडबाट खाली गर्नु पर्ने अवस्था आएको भनि  सूचना प्रेषित गरेको प्रति ध्यानाकर्षण भएको जनाएको छ ।

यस गम्भीर अवस्थामा उपचारमा खटिएका अस्पतालहरुलाई अक्सिजनको सहज उपलब्धता गराई अक्सिजन र अक्सिजन सिलिण्डर अभाव नहुने अवस्थाको सुनिश्चित गर्न नेपाल चिकित्सक संघ नेपाल सरकारसंग जोडदार माग गर्दछ’, संघले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ ।    

images
प्रकाशित मिति :बैशाख २५, २०७८ शनिवार - २१:१३:४६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology