काठमाण्डौ, २५ बैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषदको बैठकमा नजान सदस्यहरुलाई आग्रह गर्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि परिषद्को बैठक बेलाउनुभएको छ ।
सभामुख अग्निप्रसाद सापकोटाले बैठकमा नजाने बताइसक्नुभएको छ भने प्रमुख विपक्षी दलका नेता शेबरहादुर देउवाले पनि परिषद्को बैठकमा नजान अरु सदस्यहरुलाई अपील गर्नुभएको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले वक्तव्य जारी गर्दै प्रमुख प्रतिपक्षका नेता तथा सभामुखले भाग नलिने निर्णय गरिसकेको स्थितिमा बैठक स्थगित गर्न सरकारलाई आग्रह गर्नुभएको छ ।
संविधानको मर्म र भावना विपरित संवैधानिक निकायहरुलाई निरंकुशताको मतियार बनाउने गलत मनसायसहित सरकारले अध्यादेशको दुरुपयोग गर्दै आएको भन्दै उहाँले संवैधानिक संरचनाको गरिमा समाप्त पार्ने मनसायको बैठकमा सहभागी नहुन आग्रह गर्नुभएको छ ।