Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

१९ जना सांसदमा कोरोना सङ्क्रमण पुष्टि 

१९ जना सांसदमा कोरोना सङ्क्रमण पुष्टि 

images

सिआईएन

२५, बैशाख २०७८
१९ जना सांसदमा कोरोना सङ्क्रमण पुष्टि 
images

काठमाण्डौ, २५ बैशाख । प्रतिनिधि सभा र राष्ट्रिय सभाका गरी १९ जना सांसदमा नोबेल कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । यही वैशाख २२,२३ र २४ गते सङ्कलन गरिएको स्वाव परीक्षणको पछिल्लो विवरणका अनुसार राष्ट्रिय सभाका एकसहित १९ जना सांसदमा कोरोना पुष्टि भएको सङ्घीय संसद सचिवालयका सचिव गोपालनाथ योगीले सीआईएनलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार कार्यव्यवस्था परापर्श समितिको बैठकमा छलफल गरेर सङ्क्रमित सांसदलाई पर्सिको संसद बैठकमा सहभागी हुन दिने वा नदिने भन्नेमा निर्णय गर्ने तयारी सभामुख अग्नी सापकोटाले गर्नुभएको छ ।

सांसद, संसद सचिवालयका कर्मचारी तथा संसदीय मामिला पत्रकारलगायत १ हजार २ सय ३५ जनाको पीसीआर परीक्षण गर्दा १ सय ६० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको सभामुखको सचिवालयले जनाएको छ । 

images
प्रकाशित मिति :बैशाख २५, २०७८ शनिवार - २१:०७:३९ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology