Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

रत्ननगर नगरपालिकाको प्रशंसनीय कामः मेयर र उपमेयरले प्रयोग गर्ने गाडी संक्रमितलाई अस्पताल लैजान प्रयोग गर्ने

रत्ननगर नगरपालिकाको प्रशंसनीय कामः मेयर र उपमेयरले प्रयोग गर्ने गाडी संक्रमितलाई अस्पताल लैजान प्रयोग गर्ने

इच्छाकामना न्युज

२५, बैशाख २०७८
रत्ननगर नगरपालिकाको प्रशंसनीय कामः मेयर र उपमेयरले प्रयोग गर्ने गाडी संक्रमितलाई अस्पताल लैजान प्रयोग गर्ने

चितवन, २५  वैशाख । चितवनको रत्ननगर नगरपालिकाका मेयर, उपमेयर तथा प्रमुख प्रशासकीय अधिकृतले चढ्ने गाडी कोरोना संक्रमितका लागि प्रयोग गरिने भएको छ ।

images

कोरोना संक्रमितको संख्या बढ्दै गएपछि मेयर नारायण वन, उपमेयर विमला दुवाडी, प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेल र योजना शाखाका कर्मचारीहरुले प्रयोग गर्दै आएको अर्को एउटा गरी चार वटा गाडी कोरोना संक्रमित बिरामीलाई अस्पताल लैजान प्रयोग गरिने भएको हो ।

कोरोना संक्रमितलाई अस्पताल लैजान एम्बुलेन्सलगायत अन्य सवारी साधनको माग बढ्न थालेपछि मेयर नारायण वनले शुक्रवार नै आफू चढ्दै आएको सहित चारवटा गाडी संक्रमितका लागि प्रयोग गर्ने घोषणा गरेका हुन ।

मेयर वनले चढ्दै आएको बा.२ झ ३३९९, उपमेर दुवाडीले चढ्दै आएको ना.१ झ १५८६, प्रमुख प्रशासकीय अधिकृत पौडेलले चढ्दै आएको बा.१२ च.२७१ र कर्मचारीले प्रयोग गर्दै आएको बा.२ झ १२१७ नम्बरको गाडी कोरोना संक्रमितलाई घरबाट आइसोलेसन र आइसोलेशनबाट अस्पताल लैजान प्रयोग गरिने नगरपालिकाले जनाएको छ । अब हाम्रा गाडीहरु एम्बुलेन्सका रुपमा प्रयोग गर्दै छौं मेयर वनले भने कोही पनि नगरबासी सवारी साधन नपाएर छटपटाउनु पर्दैन ।

मेयर वनले सवारीसाधनको आवश्यक परे ढुक्क भएर नगरपालिकामा सम्पर्क गर्न समेत आग्रह गरेका छन् । । छिटो छरितो रुपमा सेवा दिनको लागि आफूहरुले चढेको गाडी कोरोना संक्रमितको लागि प्रयोगमा ल्याइएको मेयर वनको भनाइ छ । यसअघि रत्ननगरले कोरोना संक्रमितलाई अस्पताल लैजान निशुल्क एम्बुलेन्स सेवा सुरु गरिसकेके छ । होम आइसोलेशनमा रहेका कोरोना संक्रमितलाई घरघरमै पुगेर यहाँका स्वास्थ्यकर्मीहरुले उपचार तथा रेखदेख गर्दै आएका छन् ।

images
प्रकाशित मिति :बैशाख २५, २०७८ शनिवार - १५:२०:४१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology