Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
२०८३, कार्तिक १८ गते
images

नेपाल सुपर लिगमा आज पोखरा र चितवन खेल्दै 

नेपाल सुपर लिगमा आज पोखरा र चितवन खेल्दै 

images

इच्छाकामना न्युज

२४, बैशाख २०७८
नेपाल सुपर लिगमा आज पोखरा र चितवन खेल्दै 
images

काठमाण्डौ, २४ बैशाख । पहिलो संस्करणको फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज एक मात्र खेल हुँदैछ ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने आजको खेलमा पोखरा थण्डर्स र एफसी चितवनबीच प्रतिस्पर्धा हुनेछ ।

पोखरा र चितवनबीचको खेल साँझ साढे ५ बजेबाट सुरु हुनेछ । आजको खेलमा पोखरा जित निकाल्दै प्लेअफमा पुग्ने सम्भावनालाई कायम राख्न चाहन्छ । पोखराको यस खेल लिग चरणको अन्तिम खेल हो ।

पोखरा ५ खेलमा ५ अङ्क जोडेर छैटौं स्थानमा रहेको छ।प्लेअफको सम्भावना कायम राख्न पोखरालाई आजको खेल जित्नै पर्ने दबाब छ ।पराजित भएको खण्डमा पोखरा प्रतियोगिताबाट बाहिरिनेछ ।

यस्तै  चितवन पनि जित निकाल्दै प्लेअफको सम्भावना कायम राख्न चाहन्छ । ४ खेलमा २ अङ्क जोडेको चितवन पुछारमा रहेको छ ।चितवनलाई प्ले अफ सम्भावना कायम राख्न बाँकी दुई खेल जित्नै पर्ने दबाब रहेको छ । पोखरासँग पराजित भएमा चितवन पनि प्रतियोगिताबाट बाहिरिनेछ ।

images
प्रकाशित मिति :बैशाख २४, २०७८ शुक्रवार - ०९:२९:५९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology