Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

आज दिनभर मौसम बदली भइ वर्षा हुने: मौसम पूर्वानुमान महाशाखा 

आज दिनभर मौसम बदली भइ वर्षा हुने: मौसम पूर्वानुमान महाशाखा 

इच्छाकामना न्युज

२४, बैशाख २०७८
आज दिनभर मौसम बदली भइ वर्षा हुने: मौसम पूर्वानुमान महाशाखा 
images

चितवन, २४ बैशाख । मौसम पूर्वानुमान महाशाखाले देशभर मौसम बदली भई दिनभर वर्षा हुने सम्भावना रहेको बताएको छ । बिहान मौसम सम्बन्धी बुलेटिन जारी गर्दै महाशाखाले देशमा पश्चिमी न्यून चापीय प्रणाली तथा बंगालको खाडीको जलवाष्प युक्त हावाको प्रभावका कारण दैनिकजसो वर्षा भइरहेको बताएको छ।

images
images

आज दिउँसो देशका पहाडी भू–भागका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रहने महाशाखाको मौसम बुलेटिनमा उल्लेख छ। यस्तै देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावनासमेत रहेको पनि महाशाखाले जनाएको छ ।

आज राति देशका पहाडी भू–भागका धेरै स्थानहरूमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रहने बुलेटिनमा उल्लेख गरिएको छ । देशका थोरै स्थानमा मेघगर्जन, चट्याङ तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।  

images
प्रकाशित मिति :बैशाख २४, २०७८ शुक्रवार - ०९:२८:५७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology