गोरखा २३, बैशाख । गोरखा जिल्लामा आज थप २१ जनामा कोरोना संक्रमणको पुष्टी भएको छ । आज जिल्लामा शहिद लखन गाउँपालिका र भीमसेन थापा गाउँपालिकामा संक्रमित थपिएको स्वास्थ्य कार्यालय गोरखाका महामारी फोकल पर्सन नारायणबाबु अर्यालले जानकारी दिनुभयो ।
अर्यालका अनुसार शहिद लखन गाउँपालिकाको ८ को ९ जनामा संक्रमण पुष्टी देखिएको छ । उनीहरु सवैको कन्ट्रयाक्ट ट्रेसिङका आधारमा गरिएको स्वांब संकलनका आधारमा कोरोना पुष्टी भएको कार्यालयले जनाएको छ ।
यस्तै भीमसेन थापा गाउँपालिकाको वडा नम्बर १ मा ५६ बर्ष र ६५ बर्षका दुई पुरुष तथा ४६ बर्षकी एक महिलामा आज संक्रमण भेटिएको उहाँले बताउनुभयो ।
त्यस्तै वडा नम्बर २ मा २६ बर्षका एक पुरुष, वडा नम्बर ३ मा ६५ बर्षका एक पुरुष, वडा नम्बर ४ मा ४७ बर्षका पुरुष, वडा नम्बर ५ मा ५० बर्षका एक पुरुषमा संक्रमणको पुष्टी भएको छ । गाउँपालिकाको वडा नम्बर २८ बर्षकी २ महिला, वडा नम्बर ८ मा ६५ बर्षका एक पुरुष र २१ र ४३ बर्षकी २ जना महिलामा संक्रमण भेटिएको हो । यो भीमसेन थापा गाउँपालिका भित्रका सवै वडामा संक्रमित भेटिएको छ । वडा नम्बर ७ र ८ मा पर्ने बोर्लाङमा यस अघि नै ८२ जनामा संक्रमणको पुष्टी भईसकेको छ ।
त्यस्तै आज नै यस्तै आज नै जिल्लाको पालुङटार नगरपालिका २ आँपपिपलका २ जना पुरुषमा संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले पुष्टी गरेको छ भने गोरखा नगरपालिका ५ का १ जना पुरुषमा संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ ।