काठमाण्डौ, २३ बैशाख । नेपाल सुपर लिगमा ललितपुर सिटी एफसीले पहिलो जित निकालेको छ । आज भएको खेलमा ललितपुर सिटी एफसीले बुटवल लुम्बिनी एफसीलाई एक शुन्यले हरायो ।
यो जितपछि ललितपुरले प्ले अफमा पुग्ने संभावना कायमै रहेको छ भने बुटवल लुम्बिनीले अन्तिम चारमा पुग्न अन्तिम खेल जित्नुपर्ने छ भने अरुको खेलको नतिजामा पनि भर पर्ने छ । ललितपुरले प्रतियोगितामा पहिलो तीन अंक हासिल गरेको छ ।
ललितपुरले पाँच खेलमा ६ अंक बनाएको छ । बुटवल लुम्बिनीको पाँच खेलमा ५अंक छ ।