विश्व स्वास्थ्य संगठन डब्लूएचओले कोरोना भाइरस विरुद्धको चिनियाँ खोप विश्वास योग्य नभएको टिप्पणी गरेको छ । चीनले पठाएको खोप परीक्षणका नतिजाहरुको अध्ययन पछि डब्लूएचओका विज्ञले यसमा विश्वास गर्न सकिने पर्याप्त आधारहरु नभएको संकेत गरेका हुन् ।
यद्यपी यस बारेमा औपचारिक जानकारी सार्वजनिक हुन बाँकी नै रहेको अन्तराष्ट्रिय सञ्चार माध्यम रोयर्टसले जनाएको छ । खोपले कोरोना विरुद्ध लड्न सक्ने भए पनि यसले गम्भीर साइड इफेक्टहरु पार्नसक्नेतर्फ संकेत गरिएको पाइएको छ ।
डब्लूएचओका प्रवक्ताले सिनोफार्मले उपलब्ध गराएको परीक्षणका नतिजाहरुको अध्ययन सकिएको र चाँडै उक्त प्रतिवेदन सार्वजनिक गरिने जानकारी दिनुभएको छ । बेइजिंग स्थित सिनोर्फामले भने आधिकारिक प्रतिवेदन सार्वजनिक भएपछि मात्रै प्रतिक्रिया दिने जनाएको छ ।