Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

अक्सिजन सिलिन्डर घरमा नराख्न स्वास्थ्य मन्त्रालयको आग्रह 

अक्सिजन सिलिन्डर घरमा नराख्न स्वास्थ्य मन्त्रालयको आग्रह 

images

इच्छाकामना न्युज

२३, बैशाख २०७८
अक्सिजन सिलिन्डर घरमा नराख्न स्वास्थ्य मन्त्रालयको आग्रह 
images

काठमाण्डौ, २३ बैशाख । सरकारले सबै अक्सिजन सिलिन्डर अस्पतालमा उपलब्ध हुने गरी फिर्ता गर्न आग्रह गरेको छ ।  अनुगमनका क्रममा धेरै मात्रामा अक्सिजन सिलिन्डरहरु खाली रहने वा भरेर भण्डारण गरेर राखेको पाइएको भन्दै सबै उद्योगी, व्यवसायी र सरोकारवालालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिलिन्डर अस्पतालमा फिर्ता गरिदिन आगह गरेको हो ।  

धेरै भन्दा धेरै सिलिन्डरहरु भरी नेपाली नागरिकको ज्यान बचाउने उपायहरुका लागि अस्पतालहरुमा उपलब्ध गराउने कार्य गरिदिनुहुन अनुरोध छ, मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले विज्ञप्ति निकालेर भन्नुभएको छ । कोरोना भाइरसको गम्भीर सङ्क्रमित भेटिएपछि पछिल्लो समय अस्पतालहरुमा अक्सिजनको अभाव हुने खतरा बढेको छ ।

मानिसहरुले आ–आफैं घरमा अक्सिजन सिलिन्डर राख्ने गरेकाले अभाव भएको अस्पतालहरुको दावी छ । मन्त्रालयले अक्सिजन सिलिन्डर फिर्ता नगर्नेलाई अनुगमन गरी कारबाही गर्ने र अस्पतालमा न्यायोचित रुपमा अक्सिजन उपलब्ध गराउने व्यवस्था गरिदिन स्थानीय प्रशासनलाई आग्रह गरेको छ । 

images
प्रकाशित मिति :बैशाख २३, २०७८ बिहिवार - १९:३८:५४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology