घैरुङ, २३ बैशाख । गोरखाको शहिद लखन गाउँपालिकाले कोरोना सङक्रमणका समयमा सेवाग्राहिहरुको सेवामा खटिने स्वास्थ्यकर्मीहरुको सुविधा वृद्वि गर्ने भएको छ। गाउँपालिकाले संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मी, स्वाव संकलनका लागि खटिने स्वास्थ्यकर्मी र संक्रमितलाई बोक्ने एम्बुलेन्स चालकको सुविधामा वृद्वि गर्ने भएको हो।
उनीहरुले हाल खाईपाई आइरहेको सुविधामा ५० प्रतिशत थप गरेर दिने भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन बहादुर आलेले बताए । पालिकामा बसेको विपद व्यवस्थापन समितिको बैठकबाट सो निर्णय भएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले कोरोना भाईरसको दोस्रो लहरबाट जोगिन गाउँपालिका भित्र रहेका सबै स्वास्थ्य सँस्थाहरुमा अक्सीजन सहितको सिलिण्डर राखिएको छ । यस्तै गाउँपालिकामा ७ बेडको आइसोलेसन तयारी अवस्थामा राखिएको बताउदै विरामीको अवस्था जटिल भएमा यहीँ ल्याएर उपचार उनले जानकारी दिए।